नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ, २७ असार । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ फर्म तथा कम्पनीको इजाजतपत्र स्वत: खारेजी भएको जनाएको छ ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि २०८२ चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकामा सो अवधिभित्र नवीकरण नगरेका ४४ वटा निर्माण व्यवसायीको इजाजतपत्र स्वत: खारेजी भएको सूचनामा उल्लेख गरिएको छ ।

मन्त्रालयले सोही ऐनको दफा ७ को उपदफा ३ बमोजिम स्वत: खारेज भएको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असार । धनुषाको धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल सवार गाडी र एम्बुलेन्स ठोक्किएर दुर्घटना भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, २७ असार । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरको पूजाआराधना एवं दर्शनका निम्ति आउने भक्तजनको सहजताका निम्ति पशुपति क्षेत्रमा

काठमाडौँ, २७ असार । जुम्लाको कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय

काठमाडौँ, २७ असार । महोत्तरीमा ३५.०४ ग्राम खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार बर्दिबास न.पा.-१,