एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालको शानदार विजयी सुरुवात

काठमाडौँ, २७ असार । आजदेखि मलेसियाको क्वालालम्पुरमा सुरु भएको एसीसी यू–१९ ट्वान्टी ट्वान्टी महिला प्रिमियर कपमा नेपाली टोलीले उत्कृष्ट विजयी सुरुवात गरेको छ । 

मलेसियाको बायोमास क्रिकेट ओभलमा भएको खेलमा नेपालले कतारलाई १०५ रन अन्तरले हराएको छ । पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा दिएको १३१ रनको लक्ष्य पछ्याउने क्रममा कतार १२ ओभरमै अलआउट हुँदै मात्र २५ रनमा समेटियो । 

नेपालका लागि ब्याटिड्डमा सावित्री धामीले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेलिन् । उनले ४७ बलको सामना गर्दै ५ चौका हिर्काइन् । 

यस्तै सना प्रविणले २७, एन्जिला पाठकले २३ र त्रिसना विश्वकर्माले ५ रन बनाइन् । नेपालले आफ्नो पारीमा मात्र ३ विकेट गुमाएको थियो । 

कतारका लागि लिहारा अवेक्षाकाराले २ र मेहजा मेहविसले १ विकेट लिए । जवाफी ब्याटिङमा कतारी टिम मात्र २५ रनमा अलआउट भयो । उसका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सरगम पटेलले सर्वाधिक ४ रन बनाइन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बिर्तामोड, २५ असोज । झापा बाह्रदशीका नवयुवाहरुसँग शनिबार समसामयिक राजनीतिक संवाद गरिएको छ । ‘कफी विथ कमरेड’ नाम दिइएको कार्यक्रममा

काठमाडौँ, २४ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिद

भक्तपुर, २४ असोज । क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान गरेको छ । मञ्चले आज

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले सात वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । पार्टीका अध्यक्ष केपी शर्मा