भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या चार हजार पुग्यो

एजेन्सी, २७ असार । भेनेजुएलामा आएको दोहारो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या चार हजार पुगेको भेनेजुयला सरकारले जनाएको छ ।

गत जुन –२४ मा आएको भूकम्पकाकारण कम्तिमा चार हजार ११८ जनाको मृत्यु भएको पुष्टि गर्दै १६ हजार ७४० जना घाइते भएको र तटीय राज्य ला गुइराका सम्पूर्ण जिल्लाहरूलाई प्रभावित गराएको भेनेजुएलाका संसद प्रमुख जोर्ज रोड्रिगेजले टेलिग्राम मार्फत जनाएका छन्। उनका अनुसार थप हजारौँ मानिसहरु बेपत्ता भएकाले खोजि तथा उद्धार कार्य जारी रहेको छ ।

यद्यपि उद्धार टोलीहरूले अव जिवित व्यक्तिहरूको सम्भावना नरहेको जनाएका छन् भने परिवारका सदस्यहरूले उनीहरूलाई सम्मान जनक सस्कार गर्ने आशामा आफ्नो परिवारका सदस्यहरुलाइ भग्नावशेषमा खोज्ने कार्य जारी राखेका छन् ।

पछिल्लो समयमा भेनेजुएलाले भूकम्पिय जोखिमको सामना गरिरहेको छ जहाँ लामो समय देखि चलिरहेको आर्थिक संकटले राज्य सेवाहरूलाई गम्भीर रूपमा बिगारेको जनाइएको छ ।

यसैबीच संयुक्त राष्ट्र सङ्घले भेनेजुयलामा भूकम्प राहत कार्यका लागि लगभग ३० करोड डलरको तत्कालीन अपिल जारी गरेको छ ।

भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जले विदेशमा राखिएको फ्रिज गरिएका सम्पत्ति फिर्ता गर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असार । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका बहुआयामिक समस्याहरू समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध

काठमाडौँ, २७ असार । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा. महावीर पुनले ट्राफिक जरिवानाबारे आफ्नो अभिव्यक्ति विवादमा परेपछि माफी मागेका

काठमाडौँ, २७ असार । सरकारले देशका ७७ वटै जिल्लामा २४ सै घण्टा सञ्चालन हुने गरी विपद् कल सेन्टर सञ्चालनमा ल्याएको

हेटौँडा, २७ असार । बागमती प्रदेशलाई औपचारिक रूपमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ प्रदेश घोषणा गरिएको छ । हेटौँडामा शुक्रबार आयोजित