बेलायती पूर्वमन्त्री विडिकोम्ब मृत फेला

काठमाडौँ, २७ असार । बेलायतकी पूर्व मन्त्री तथा प्रभावशाली राजनीतिज्ञ ७८ वर्षीया एन विडिकोम्ब आफ्नै निवासमा मृत फेला परेका छन् ।

उनको हत्या भएको आशंकामा प्रहरीले २६ वर्षीय एक युवकलाई पक्राउ गरेको बीबीसीले जनाएको छ । डेभोन र कर्नवाल प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान भैरहेको पुष्टि गरेको छ । डेभोनको डार्टमुअर घरमा पूर्व मन्त्री विडिकोम्बलाई गम्भीर चोट लागेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

प्रहरीले घटना आतंकवाद वा राजनीतिक रूपमा प्रेरित नभएको र थप अनुसन्धान गरिरहेको जनाएको छ । एन विडिकोम्ब बेलायती राजनीतिमा एक चर्चित नाम हो । उनी २३ वर्षसम्म मेडस्टोनबाट कन्जरभेटिभ पार्टीको सांसद थिए भने पूर्व मन्त्रीका रूपमा पनि सेवा गरेका थिए ।

तर पछिल्लो समय उनी ‘रिफर्म यूके’ पार्टीको प्रवक्ताको रूपमा सक्रिय थिए । राजनीति बाहेक सन् २०१० मा चर्चित डान्सिङ शो ‘स्ट्रिक्ली कम डान्सिङ’ मा सहभागी भएपछि उणले थप चर्चा बटुलेका थिए । हालै राजीनामा दिएका प्रधानमन्त्री कीयर स्टार्मरले विडिकोम्बको दुःखद खबरले बेलायती राजनीति स्तब्ध बनेको उल्लेख गरेका छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप

काठमाडौँ, १४ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकमा

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू