सरकारद्वारा टोल फ्री नम्बर ‘१२३४’ सञ्चालनमा, सिधै जिल्लामै फोन जाने

काठमाडौँ, २७ असार । सरकारले देशका ७७ वटै जिल्लामा २४ सै घण्टा सञ्चालन हुने गरी विपद् कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

सरकारको समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने ढाँचामा रूपान्तरण गर्न नतिजामा आधारित शासकीय प्रबन्ध (डेलिभरी-बेस्ड गभर्नेन्स) लागू गर्ने निर्णय बमोजिम ७७ वटै जिल्लाका आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूमा कल सेन्टर स्थापना गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले साविकको विपद् टोल फ्री नम्बर ‘११४९’ लाई परिवर्तन गरी ‘१२३४’ मा रूपान्तरण गरेको छ। यो नयाँ नम्बर २०८३ साल असार २६ गतेदेखि सञ्चालनमा आएको छ। यसमा आउने फोनलाई जिल्ला स्तरमा राउटिङ हुने व्यवस्था मिलाइएको छ। जसअनुसार सम्पर्ककर्ता रहेको जिल्लाकै जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) मा फोन जाने व्यवस्था मिलाइएको छ।

अब उप्रान्त काठमाडौँ उपत्यकाका जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरबाट ‘१२३४’ मा फोन गर्दा सिंहदरबारस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (एनईओसी) बाट सम्बोधन हुनेछ। बाँकी ७४ जिल्लाको हकमा सम्बन्धित जिल्लाकै जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) बाट फोन सम्बोधन हुने व्यवस्था मिलाइएको गृह मन्त्रालयका प्रवक्ता एवं सह-सचिव आनन्द काफ्लेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ भदौ । ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका–७ मदरगाछ टोल बस्ने ३५ वर्षीय सन्त गणेशलाई बिहीबार

काठमाडौँ, २६ भदौ । सरकारले तोकेको दररेटभन्दा बढी मूल्य लिएर खाना पकाउने ग्यास (एलपी ग्यास) बिक्री गर्ने एक किराना पसललाई सरकारले

काठमाडौँ, २६ भदौ । चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला

काठमाडौँ, २६ भदौ । रूपन्देहीको भैरहवास्थित कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपालीसहित छ जना पक्राउ परेका छन् । लुम्बिनी प्रदेश