कर्णाली नदीमा बेपत्ता दुईजनाको शव फेला

काठमाडौँ, २६ असार । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, सांगेतरास्थित कर्णाली नदीमा बेपत्ता भएका मध्ये थप दुईजनाको शव बिहीबार साँझ फेला परेको छ । योसँगै दुर्घटनामा मृत्यु भई सनाखत हुनेको संख्या तीन पुगेको छ ।

आफन्तले घटनास्थलमा पुगेर शव बुझिसकेका प्रहरीले जनाएको छ । पहिचान खुल्नेमा यसअघि भीरमा शव फेला परेका कालीकोटको पचाल झरना गाउँपालिका–९ का जेखे तिरुवा, सोही ठाउँका बेपत्ता भनिएका मेखे तिरुवा र कालीकोटकै रास्कोट नगरपालिका–२ की १८ वर्षीया सुजना खड्का छन् । उनीहरूको ठेगाना र विवरण पहिचान भई आफन्तद्वारा सनाखत भइसकेको हो ।

सवारीचालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ का तुलाराम सुवेदी र उनका सहोदर भाइ (सहचालक) रामु सुवेदीको अवस्था अझै अज्ञात छ ।

यही असार १८ गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो । सशस्त्र प्रहरी बलको गोताखोर टोलीसहितको संयुक्त सुरक्षा निकायले नदी र आसपासका क्षेत्रमा बाँकी बेपत्ताको खोजी जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । पहिरोले बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई घरमा क्षति पुगेको छ । पहिरोमा परी दुई जना सामान्य

काठमाडौँ, २९ साउन । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । प्रहरीका अनुसार चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका

काठमाडौँ, २९ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २९ साउन । २०८३ साल साउन २९ गते शुक्रबारको राशिफल ।   मेष : दिन सामान्य राम्रो छ । रोगसँग