परराष्ट्रमन्त्री र यूएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, २५ असार । युनाइटेड अरब इमिरेट्स (यूएई)का वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयुदीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेको छ ।

आज बिहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटघाटका क्रममा व्यापार, लगानी, एआई, डिजिटल रूपान्तरण, पर्यटन, श्रम आप्रवासन, पूर्वाधार, नवीकरणीय ऊर्जाका साथै प्राथमिकताका क्षेत्रहरूमा सार्वभौम सम्पत्ति कोषको लगानी वृद्धिसहित पारस्परिक हितका विभिन्न क्षेत्रहरूमा नेपाल र यूएईबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने बारेमा विचार आदानप्रदान गरेका छन ।

भेटमा परराष्ट्रमन्त्री खनालले नेपालमा विभिन्न परियोजनामा यूएईको लगानी सुनिश्चित गरेर कूटनीतिक सम्बन्धको आसन्न स्वर्णजयन्ती समारोहलाई एउटा प्रमुख कोसेढुंगा बनाउने नेपाल सरकारको चाहना व्यक्त गरेका थिए ।

परराष्ट्रमन्त्री खनालले कन्सुलर सेवा विभागद्वारा प्रमाणीकरण गरिसकेपछि पनि प्रहरी प्रतिवेदनको थप प्रमाणीकरण गर्नुपर्ने आवश्यकतालाई हटाउन यूएई सरकारलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नेपालमा वैकल्पिक राजनीतिक नेतृत्वप्रतिको आकर्षण अझै कायम छ । तर त्यो आकर्षण टिकाइराख्न परिणाममुखी काम, सुशासन र संस्थागत सुधार अनिवार्य

काठमाडौँ, २५ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधन गर्दा प्राथमिकता निर्धारण गरेर मात्रै अघि बढ्नुपर्ने बताएका छन् ।

रौतहट, २५ असार । रौतहटमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुतला दहन गर्दै प्रर्दशन भएको छ । मौलापुर नगरपालिकामा प्रमुख

राष्ट्रिय प्रसारण प्रणालीको मेरुदण्डका रुपमा रहेको हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन आयोजनाको निर्माणमा देखिएको सबैभन्दा ठूलो कानुनी तथा प्रक्रियागत अवरोध