‘आ बाट आमा २’ असोज ३०मा प्रदर्शन हुने

काठमाडौँ, २५ असार । ‘आ बाट आमा २’ असोज ३० गतेबाट प्रदर्शनमा आउने भएको छ ।

दसैँको फूलपातीका दिनदेखि देशव्यापी तथा विदेशमा पनि फिल्म प्रदर्शन गर्न लागिएको हो । निर्माण युनिटले वितरकसँगको छलफलमा फिल्मको रिलिज मिति दसैँमा फाइनल भएको जनाएको छ ।

आर्य इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको रिलिज मितिसँगै क्रोएसिया प्रदर्शन अधिकार (राइट्स) बिक्री भएको छ। क्रोएसियाका लागि ‘नेप इन्टरटेन्मेन्ट’ र जाग्रेबस्थित ‘बुद्ध मार्ट’ ले अधिकार खरिद गरेको हो ।

फिल्म अब विदेशमा क्रोएसियासँगै अमेरिका, क्यानडा र जापान पनि लाग्नेछ । चन्द्र पन्तको निर्माण निर्देशन रहेको फिल्म आर्य पन्तको प्रस्तुतिमा बनेको हो ।  फिल्ममा पल शाह, बिपना थापा, आकाश श्रेष्ठ, प्रदीप रावत (गजनीका भिलेन), मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, सविन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित विष्ट,दिलिप अखेडा र नरेन खड्का लगायतका चर्चित कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नेपालमा वैकल्पिक राजनीतिक नेतृत्वप्रतिको आकर्षण अझै कायम छ । तर त्यो आकर्षण टिकाइराख्न परिणाममुखी काम, सुशासन र संस्थागत सुधार अनिवार्य

काठमाडौँ, २५ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधन गर्दा प्राथमिकता निर्धारण गरेर मात्रै अघि बढ्नुपर्ने बताएका छन् ।

रौतहट, २५ असार । रौतहटमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुतला दहन गर्दै प्रर्दशन भएको छ । मौलापुर नगरपालिकामा प्रमुख

राष्ट्रिय प्रसारण प्रणालीको मेरुदण्डका रुपमा रहेको हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन आयोजनाको निर्माणमा देखिएको सबैभन्दा ठूलो कानुनी तथा प्रक्रियागत अवरोध