इरानी आक्रमणको जवाफमा २० गुणा बढी आक्रमण गर्ने ट्रम्पको चेतावनी

काठमाडौँ, २५ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालै गरिएको अमेरिकी हवाई आक्रमण अत्यन्तै प्रभावकारी रहेको दाबी गर्दै इरानले अमेरिकामाथि हरेक पटक आक्रमण गरे त्यसको २० गुणा कडा जवाफ दिइने चेतावनी दिएका छन् ।

 एयर फोर्स वन विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले इरानमाथि ठूलो क्षति पु‍र्याएको दाबी गरे ।

‘हामीले भर्खरै उनीहरूलाई निकै कडा प्रहार गरेका छौँ । हामीले उनीहरूको आक्रमणको जवाफमा २० गुणा बढी आक्रमण गरेका छौं,’ ट्रम्पले भने । 

उनले थपे, ‘उनीहरूले हामीलाई जति पटक आक्रमण गर्छन्, हामी प्रत्येक पटक उनीहरूलाई २० गुणा जवाफ दिनेछौँ ।’ ट्रम्पको यो अभिव्यक्ति अमेरिकाले लगातार दोस्रो रात पनि इरानका करिब ९० सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको घोषणा गरेलगत्तै आएको हो।  

अमेरिकी सेनाले ती आक्रमणहरूमा इरानको स्टे«ट अफ होर्मुज आसपास रहेका सैन्य पूर्वाधारलाई लक्षित गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय