अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: मन्त्री चौधरी

काठमाडौँ, २५ असार । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले अनुसन्धान प्रक्रियालाई प्रयोगशालामा मात्रै सीमित नराखी किसानको खेतबारीसम्म पुर्‍याउन निर्देशन दिएकी छिन् ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का नवनियुक्त वरिष्ठ वैज्ञानिक तथा वैज्ञानिकलाई नार्कद्वारा बुधबार आयोजित नवनियुक्त वैज्ञानिकको अभिमुखीकरण कार्यक्रम तथा राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैङ्क)को अनुगमनका क्रममा उनले वैज्ञानिकको भूमिका केवल कार्यालय वा प्रयोगशालामा सीमित रहन नहुने धारणा राखिन् ।

उनले कृषि अनुसन्धानको प्रत्यक्ष प्रभाव किसानको उत्पादन, उत्पादकत्व र जीवनस्तरमा देखिनुपर्ने बताइन् । उनले अनुसन्धानको प्रतिफल किसानसम्म नपुगेसम्म त्यसको वास्तविक अर्थ नहुने उल्लेख गर्दै प्रदेश तथा स्थानीय सरकार, विश्वविद्यालय, निजी क्षेत्र र किसानसँगको सहकार्यलाई अझ जीवन्त बनाउन आग्रह गरिन् ।

मन्त्री चौधरीले भनिन्, “तपाईँहरू पुग्ने प्रत्येक अनुसन्धान केन्द्र र किसानको खेत नै जीवित प्रयोगशाला हो । किसानका समस्या पहिचान गरेर वैज्ञानिक समाधान दिनु नै तपाईँहरूको मुख्य जिम्मेवारी हो ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय