ट्राफिक कारबाही: चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ, २४ असार । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरूमा मादकपदार्थ सेवन गरेका ६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२६ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १८९ जनालाई कारबाही गरिएको छ ।

त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १३९, निषेधित क्षेत्रमा हर्न बजाउने १२४, सडक पुथपाथ पार्किङमा ८५, एकतर्फीमा ५९ र अन्य सवारी नियम पालना नगरेका एक हजार १५७ जना रहेका छन् ।

उक्त जरिवानासहितको कारबाहीबाट राज्यकोषमा रु १९ लाख ७१ हजार ५०९ राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अखाद्य वस्तु बिक्री गर्ने एक व्यावसायिक फर्मलाई २ लाख रुपैयाँभन्दा बढी

विराटनगर, २४ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको ४० अर्ब ४४ करोड ९८ लाख

काठमाडौँ, २४ असार । नेपाल राष्ट्र बैंकले बुधबार फेरि २० अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’ जारी गरेको छ

काठमाडौँ, २४ असार । बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि