इजिप्टविरुद्ध अर्जेन्टिनाको जित : क्वार्टरफाइलनमा प्रवेश

काठमाडौँ, २४ असार ।फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा प्रवेश गरेको छ ।

अमेरिकाको एटलान्टा स्टेडियममा मंगलबार राति भएको खेलमा इजिप्टविरुद्ध ३–२ गोलको पुनरागमन जित निकाल्दै क्वार्टरफाइलन (अन्तिम ८) मा प्रवेश गरेको हो । खेलको ७८औँ मिनेटसम्म २–० गोलले पछि परेको अर्जेन्टिनाले त्यसपछिका १३ मिनेटमा तीन गोल गर्दै सनसनीपूर्ण जित निकालेको हो ।

इजिप्टका यासेर इब्राहिम र मोस्ताफा जिकोले गोल गर्दा अर्जेन्टिनाका क्रिस्टियन रोमेरो, लियोनल मेसी र एन्जो फर्नान्डेजले एक–एक गोल गरेका थिए । खेलको १५औँ मिनेटमा इजिप्टका यासेरले गोल गर्दै सुरुवाती अग्रता लिएका थिए । त्यसपछि ६७औँ मिनेटमा मोस्ताफाले गोल गर्दै इजिप्टलाई २–० को अग्रता दिलाए थिए ।

त्यसपछि ७९औँ मिनेटमा अर्जेन्टिनाका रोमेरोले गोल गर्दै टोलीलाई २–१ गोलको स्थितिमा ल्याए । यस्तै, मेसीले ८३औँ मिनेट र इन्जुरी समयको दोस्रो मिनेटमा फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई सनसनीपूर्ण जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११

काठमाडाैँ, १२ भदौ ।  प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी