प्रधानमन्त्री मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नुभएको भान भइरहेछ : नेता आङ्देम्बे

काठमाडौँ, २२ असार । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार एक्लै अघि बढ्न खोजेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले राष्ट्रिय महत्त्वका विषयमा साझा धारणा नबनाइएको भन्दै असन्तुष्टि जनाएका हुन् । खुट्टा सुल्टो, जुत्ता उल्टो लगाएर गन्तव्यमा नपुगिने उल्लेख गर्दै उनले प्रधानमन्त्रीले जुत्ता उल्टो लगाउन खोजेको टिप्पणी गरे ।

उनले भने, “सुल्टो बाटो हिड्नुपर्छ । छिटो हिँडेर मात्रै गन्तव्यमा पुगिँदैन, हिँड्ने बाटो सही हुनुपर्छ । प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो, तर मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नुभएको भान मलाई भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

राजविराज, २२ असार । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र राजविराजका निमित्त प्रमुखसहित दुई कर्मचारी सोमबार घुस रकम र चेक

काठमाडौँ, २२ असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिहरूलाई बोलाएर तत्काल

काठमाडौँ, २२ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार

काठमाडौँ,  २२ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित