चीनद्वारा प्रशान्त महासागरमा क्षेप्यास्त्र परीक्षण

एजेन्सी, २२ असार । चीनले सोमबार आणविक पनडुब्बीबाट प्रशान्त महासागरतर्फ एउटा क्षेप्यास्त्र परीक्षण गरेको छ । चीनको यो कदमप्रति छिमेकी मुलुकहरू जापान, अस्ट्रेलिया र न्युजिल्यान्डले गम्भीर चिन्ता व्यक्त गरेका छन् । 

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार जनमुक्ति सेनाको नौसेना आणविक पनडुब्बीबाट स्थानीय समयअनुसार दिउँसो १२ः०१ बजे अभ्यासका लागि नक्कली वारहेड बोकेको क्षेप्यास्त्र अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा प्रक्षेपण गरिएको थियो । उक्त क्षेप्यास्त्र पूर्वनिर्धारित समुद्री क्षेत्रमा खसेको जनाइए पनि चीनले त्यसको ठ्याक्कै स्थान भने सार्वजनिक गरेको छैन ।

सिन्ह्वाले यो परीक्षणलाई चीनको वार्षिक सैन्य अभ्यासअन्तर्गतको नियमित कार्यक्रम बताउँदै कुनै विशेष देश वा लक्ष्यविरुद्ध लक्षित नभएको दाबी गरेको छ । तर, अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङले चीनले परीक्षणअघि अस्ट्रेलियालाई जानकारी गराएको पुष्टि गर्दै यस्तो कदमले क्षेत्रीय स्थायित्वमा नकारात्मक असर पार्न सक्ने बताएकी छन् । 

फिजीको राजधानी सुवामा आयोजित पत्रकार सम्मेलनमा उनले चीनको तीव्र सैन्य विस्तार पर्याप्त पारदर्शी नरहेको र यसको उद्देश्यबारे क्षेत्रीय मुलुकले अपेक्षा गरेको स्पष्टता नदेखिएको टिप्पणी गरिन् । त्यसैले यस्तो परीक्षणलाई अस्थिरता निम्त्याउने कदमका रूपमा अस्ट्रेलियाले हेरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय