आईसीसी महिला टी–२० विश्वकपको उपाधि अस्ट्रेलियालाई

काठमाडौँ, २२ असार । इंग्ल्यान्डलाई सात विकेटले पराजित गदै अस्ट्रेलियाले आईसीसी महिला टी–२० विश्वकपको उपाधि जितेको छ । 

अस्ट्रेलिया सातौँपटक च्याम्पियन बनेको हो । यसअघि अस्ट्रेलियाले सन् २०१०, २०१२, २०१४, २०२८, २०२० र २०२३ मा उपाधि जितेको थियो । 

अस्ट्रेलिया अपराजित रहँदै च्याम्पियन बनेको हो । आइतबार लन्डनस्थित लर्डर्स रंगशालामा घरेलु टोली इंग्ल्यान्डले प्रस्तुतको १५१ रनको लक्ष्य अस्ट्रेलियाले १७.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो ।  

अस्ट्रेलियाकी बेथ मुनीले ४९ बलमा १० चौकासहित सर्वाधिक ६४ रनको योगदान गरिन् । यसैगरी, फोबी लिचफिल्डले ४८ र एलिस पेरीले अविजित १३ रन बनाए ।

इंग्ल्यान्डका चार्ली डिन, लरेन बेल र सोफी एक्लेस्टोनले एक–एक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५० रनको  योगफल तयार पारेको थियो । 

इंग्ल्यान्डकी कप्तान नटालिया स्किभर ब्रन्टले ५३ बलमा पाँच चौकासहति अविजित ५८ रनको योगदान गरिन् । फ्रेया केम्पले अविजित ४४ र एलिस क्यापसीले २३ रन बनाए । 

अस्ट्रेलियाका लागि किम गार्थ, लुसी हामिल्टन, कप्तान सोफी मोलिनक्स र एनाबेल सदरल्यान्डले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित चन्द्र भण्डारीले प्रतिनिधिले गरेको विश्वासको शिर झुक्न नदिने प्रतिवद्धता जनाएका

काठमाडौँ, २६ असोज । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम

काठमाडौँ, २५ असोज । नेपाली सेनाले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको उद्धार गरेको छ । आज सेनाले एक

काठमाडौँ, २५ असोज । रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीका सदस्यहरुलाई बाढीबाट प्रभावितहरूको उद्धारमा जुट्न निर्देशन दिएको छ । सभापति लामिछानेले