कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै

एजेन्सी, २१ असार । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा फैलिने क्रम जारी रहँदा सङ्क्रमितको सङ्ख्या एक हजार ५२८ पुगेको छ भने मृतकको सङ्ख्या ४९२ पुगेको छ ।

कङ्गोका जनस्वास्थ्य अधिकारीले शनिबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार हालसम्म २३९ जना सङ्क्रमित निको भएका छन् भने ६२८ जना आइसोलेसन केन्द्र वा अस्पतालमा उपचाररत छन् । यसका साथै १८५ जना शङ्कास्पद बिरामीको पनि पहिचान गरिएको छ ।

प्रतिवेदनमा पछिल्ला सातामा नयाँ सङ्क्रमितको सङ्ख्या निरन्तर बढ्दै गएको उल्लेख गरिएको छ । महामारीको गणनाअनुसार २५औँ र २६औँ सातामा प्रत्येक सातामा ३०० भन्दाबढी नयाँ सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यसले समुदायस्तरमा सङ्क्रमण अझै सक्रिय रूपमा फैलिरहेको सङ्केत गरेको अधिकारीले बताएका छन् ।

प्रतिवेदनमा मृत्युपश्चात् नमूना सङ्कलनमा समुदायको असहयोग तथा विशेषगरी उत्तर किभुमा रहेका इबोला उपचार केन्द्रको सीमित क्षमतालगायतका चुनौती उल्लेख गरिएको छ । सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको प्रभावकारी खोजी गर्न नसकिएको अवस्था र प्रयोगशाला परीक्षणमा हुने ढिलाइले पनि सङ्क्रमण नियन्त्रणमा कठिनाइ उत्पन्न गरेको जनाइएको छ । साथै, औषधि तथा सङ्क्रमण नियन्त्रणसम्बन्धी सामग्रीको अभाव, असुरक्षा र प्रभावित केही क्षेत्रमा सीमित पहुँचका कारण महामारी नियन्त्रण प्रयास प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असार । दाङमा चट्याङ्ग लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार एक महिलाको मृत्यु

काठमाडौँ, २१ असार । जेनजी आन्दोलनका क्रममा काठमाडौँस्थित केन्द्रीय कारागारबाट फरार भएका एक जना सर्लाहीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा

काठमाडौँ, २१ असार । धादिङको गङ्गाजमुना गाउँपालिका–४, यार्सा टोल (बिकटोल) मा आफ्नै छोराको कुटाइबाट बुवाको मृत्यु भएको छ। शनिबार अपराह्न

काठमाडौँ, २१ असार । महोत्तरीको  एकडारा गाउँपालिका–३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूमा