गण्डकीका ६ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा

पोखरा, २० असार ।  गण्डकी प्रदेशको कास्की, स्याङ्जा, पवर्त, म्याग्दी, मुस्ताङ र मनाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ ।

बाँकी पाँच जिल्ला घोषणाको तयारीमा रहेको प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ । बिहीबार कास्कीलाई घोषणा गरिएसँगै यस वर्ष पूर्ण खोप सुनिश्चित भएका जिल्लाको सङ्ख्या छ पुगेको हो । आगामी शनिबार बागलुङ, आइतबार लमजुङ, सोमबार गोरखा र तनहुँलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गनिने केन्द्रका खोप अधिकृत एकनारायण लम्सालले बताए । 

जन्मेदेखि २३ महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको छ । प्रदेशका झण्डै २५ हजार बालबालिकालाई नियमित खोपको दायरामा ल्याइएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सबै जिल्ला घोषणा भएपछि गण्डकीलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । नेपाल र मलेसियाबीच श्रमिक छनौट तथा भर्ना प्रक्रियाका सम्बन्धमा देखिएका विषयहरू आपसी संवाद, सहकार्य र समझदारीका माध्यमबाट

काठमाडौँ, १० कार्तिक । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीनदिन (कार्तिक १२, १३ र १४ गते) उच्च सतर्कता

काठमाडौँ, ९ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुन:स्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने

काठमाडौँ, ९ कार्तिक । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग