अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा

काठमाडौँ, २० असार । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा अस्ट्रेलिया पेनाल्टी सुटआउटमा स्तब्ध बनेको छ ।

शनिबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियालाई ४-२ ले पराजित गर्दै इजिप्ट अर्को चरणमा प्रवेश गरेको हो । डलास स्टेडियममा भएको खेल निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि १-१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टीबाट लिइएको हो।

इजिप्टका लागि होसाम अब्देलमगुइदले निर्णायक पेनाल्टी प्रहार गर्दै टोलीलाई ४-२ को जित दिलाए । अब अन्तिम १६ मा इजिप्टले अर्जेन्टिना र केप भर्डेमध्येको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यस हारसँगै अस्ट्रेलियाको विश्वकप यात्रा अन्तिम ३२ मा नै टुङ्गिएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित चन्द्र भण्डारीले प्रतिनिधिले गरेको विश्वासको शिर झुक्न नदिने प्रतिवद्धता जनाएका

काठमाडौँ, २६ असोज । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम

काठमाडौँ, २५ असोज । नेपाली सेनाले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको उद्धार गरेको छ । आज सेनाले एक

काठमाडौँ, २५ असोज । रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीका सदस्यहरुलाई बाढीबाट प्रभावितहरूको उद्धारमा जुट्न निर्देशन दिएको छ । सभापति लामिछानेले