कांग्रेस नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा आचार्य नियुक्त

काठमाडौँ, १९ असार । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा डा. सुरेश आचार्य नियुक्त भएका छन् । 

नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले उनलाई उक्त पदमा नियुक्त गरेका हुन् ।

शर्माले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा डा. आचार्यलाई नियुक्त गरेका हुन् । भक्तपुर निवासी डा. आचार्यको यो नियुक्ति विधानको धारा ३६ (घ) बमोजिम आगामी २०८३ साउन १ गतेदेखि लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्र आन्तरिक कमजोरी भएकै कारण यो अवस्था आएको स्वीकार गर्दै अब वैचारिक

काठमाडौँ, ११ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको

जनकपुरधाम, १० साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिस्ट पार्टीकै कारण देशमा भाँडभैलो मच्चिएको आरोप

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारहरुमा एमाले र नेकपाबीच जुटेको सत्ता सहकार्यबारे कुनै नकारात्मक टिप्पणी