सांसदलाई ‘डिजिटल प्लेटफर्म’ बारे अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदका गतिविधि, भेटघाट र निर्वाचन क्षेत्रका नागरिकको गुनासा व्यवस्थापनमा सहयोग पुग्नेगरी ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्म विकास गरेको छ ।

पार्टीलाई डिजिटल बनाउँदै लैजाने प्रक्रियाअन्तर्गत उक्त सिस्टम निर्माण गरिएको रास्वपाले जनाएको छ । रास्वपाले प्रतिनिधिसभा सदस्यलाई उक्त प्रणाली र साइबर सुरक्षासम्बन्धी सचेतना गराउने उद्देश्यले शुक्रबार बिहान सिंहदरबास्थित दलको कार्यालयमा बैठक आयोजना गरिएको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए । 

उक्त प्रणाली सञ्चालनमा आएसँगै संसद् बैठकलगत्तै हरेक सांसदले आफ्ना गतिविधि अनिवार्य ‘सिस्टम’मा ‘अपडेट’ गराउनुपर्ने उनले जानकारी दिए । उक्त सिस्टमबाट एकअर्कासँग भेटघाटका लागि समय माग गर्न सकिने, संसद्मा बोल्ने विषयवस्तुसमेत सोही सिस्टममा अपडेट हुनुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाटजस्ता कार्यक्रमको जानकारी सोही प्रणालीमा राख्नुपर्ने छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको गेटामा अवस्थित दशरथ चन्द

काठमाडौँ, १० साउन । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको घटना अध्ययन गर्न गठित समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै त्रिवि केन्द्रीय क्याम्पस स्ववियूले

काठमाडौँ, १० साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार ६