एक हजार बढीमा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु

काठमाडौँ, १८ असार । पछिल्लो अद्यावधिक रिपोर्ट अनुसार एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको महामारीजन्य रोग नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार गत पौष १७ देखि हालसम्म एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

यो ६ महिनाको अवधिमा डेंगु सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । इडीसीडीका अनुसार हालसम्म ७१ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । झापा, सुनसरी, कास्की, चितवन, काठमाडौँ, ओखलढुंगा, मकवानपुर, पाल्पा, चितवन सहितका जिल्लामा डेंगुका बिरामी देखिएका छन् ।

कुल सङ्क्रमित सङ्ख्यामध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा २९२ जना र बागमती प्रदेशमा २६४ जना भेटिएका छन् । यस्तै मधेस प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा १६१ जना, लुम्बिनी प्रदेशमा १६७ जना, कर्णाली प्रदेशमा ३७ जना र सुदूरपश्चिम प्रदेशमा ६९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लागत रूपमा हेर्दा झापा १३८ केससहित सबैभन्दा बढी प्रभावित बनेको छ भने काठमाडौँमा ६१, सुनसरीमा ५७, मकवानपुर र रूपन्देहीमा ५०, कास्कीमा ४४, ओखलढुङ्गा र चितवनमा ३९, पाल्पामा ३४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा आजदेखि काठमाडौँमा सुरु हुने भएको छ ।  दिउँसो २ बजे खुलामञ्चमा

काठमाडौँ, १८ असोज । २०८३ साल असोज १८ गते आइतबारको राशिफल । मेष : दिन सामान्य राम्रो छ। सामाजिक काममा आंशिक

काठमाडौँ, १७ असोज । कैलालीमा ड्यूटीमै रहेका नेपाल प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार भजनी

काठमाडौँ, १७ असोज । जापानिज इन्सेफलाइटिस (जेई)बाट हालसम्म १३१ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको