जिल्ला समन्वय समिति कास्कीद्वारा आयोजना अनुगमन

पोखरा, १७ असार । जिल्ला समन्वय समिति कास्कीद्वारा गण्डकी प्रदेश सरकारका कास्की स्थित विभिन्न आयोजना अनुगमन गरेको छ ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा सो अनुगमन सम्पन्न गरिएको हो । अनुगमन गरिएका आयोजनाहरूमा प्रदेश सरकरको रू पाँच करोडको लागत इस्टिमेटमा निर्माणाधीन पोखरा ३३ स्थित तल्लो खैरेनी, घोक्रेनी, शिबबस्ती हुँदै गाई गौडासम्मको बहुबर्षिय सडक आयोजना र पोखरा ३१ स्थित रू २५ करोडको लागतमा निर्माणाधिन स्याङ्खुदी भञ्ज्याङ् सम्मको सात ताल जोड्ने लिन्क रोड सडक अनुगमन गरिएको हो ।

जिल्ला समन्वय समिति सदस्य सीता देबि बिक, हर्क गुरुङ, राजु अधिकारी, जिल्ला समन्वय अधिकारी नवराज बराल, शाखा अधिकृत लक्षु शर्मा सरोकारवाला कार्यालय गण्डकी प्रदेश पूर्बाधार विकास कार्यालय कास्कीका प्रमुख कृष्ण आचार्य, प्राबिधिक इन्जिनियर एवं स्थानीय जनप्रतिनिधिसहितको उपस्थिति रहेको थियो ।

अनुगमनका क्रममा प्रमुख पौडेलले गुणस्तर र निर्धारित मापदण्डको पूर्ण पालना गर्न आग्रह गर्दै दिगो विकास योजनालाई प्राथमिकता दिन आग्रह गर्नुभयो । विकासमा हुने अनियमितताका सबालमा शुन्य सहनशीलताको नीति अबलम्बन गरिने उल्लेख गर्दै सो सम्बन्धमा स्थानिय उपभोक्ता र सरोकारवाला समेत सचेत हुन आग्रह गर्नुभयो ।

प्रमुख पौडेलले निर्धारित समय अबधि र गुणस्तरमा कमजोरी देखिएको भन्दै तत्काल सुधार गर्न निर्माण ब्यवसायीहरूलाई आग्रह समेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन भएपछिको पहिलो १०० दिनमा मन्त्रालयबाट सम्पादन भएका

पोखरा, १७ असार । जिल्ला समन्वय समिति कास्कीद्वारा गण्डकी प्रदेश सरकारका कास्की स्थित विभिन्न आयोजना अनुगमन गरेको छ । जिल्ला समन्वय समिति

काठमाडौँ, १७ असार । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले देश प्रतिगामी, फासीवादी बाटोमा जान नसक्ने बताएका छन् । अध्यक्ष ओलीले फासीवादी

काठमाडौँ, १७ असार । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले हालको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक र व्यवहारिक दुवै हिसाबले