काठमाडौँ, १४ असार । एमाले सांसद पुष्प कँडेलले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको रिहाइ माग गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, “एकजना उहाँ प्रतिस्पर्धी र वर्तमान प्रधानमन्त्रीलाई गत निर्वाचनमा गाडी उपलब्ध गराउने व्यक्तिका पोलको आधारमा समातिएको भन्ने समाचारहरू आएका छन्,” “उहाँको गिरफ्तारी गत चैतमा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको प्रतिशोधी गिरफ्तारीको अर्को रूप हो ।”
उनले गिरफ्तारी सम्पूर्ण विपक्षीलाई तर्साउन र एमालेलाई बद्नाम गर्ने उदेश्यले प्रेरित भएको बताए । पौडेल बेकसुर भएको उनको भनाइ छ । दोष अरुलाई देखाउने व्यवहार निन्दनीय भएको उनले बताए ।
“काँक्रो आफू खाने र बिँया अर्कोतिर लगाइदिने व्यवहार निन्दनीय छ,” उनले भने । पौडेलललाई असार ९ गते सम्पति सम्पति शुद्धीकरणमा पक्राउ गरिएको थियो ।






