१५.१६ प्रतिशतले बढ्यो व्यापार घाटा : १९ खर्बको आयात

काठमाडौँ, ८ असार । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको कुल वैदेशिक व्यापार १४ प्रतिशत बढेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि जेठ मसान्तसम्मको अवधिमा कुल वैदेशिक व्यापार १४.७८ प्रतिशतले वृद्धि भई २१ खर्ब ७२ अर्ब ६ करोड ६१ लाख रुपैयाँ पुगेको छ । विभागका अनुसार, ११ महिनामा आयात १५.१६ प्रतिशतले बढेर १८ खर्ब ९४ अर्ब ९ करोड ८८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आयात १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।

त्यसैगरी, निर्यात १२.२८ प्रतिशतले वृद्धि भई दुई खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात दुई खर्ब ४७ अर्ब ५७ करोड दुई लाख रुपैयाँ रहेको थियो । आयात र निर्यातबीचको अन्तर अर्थात् व्यापार घाटा पनि १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ करोड १६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपैयाँ रहेको थियो ।

तथ्यांकअनुसार आयात–निर्यात अनुपात ६.६४ बाट बढेर ६.८१ पुगेको छ । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा भने १३.०८ प्रतिशतबाट घटेर १२.८० प्रतिशतमा झरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडैँ, १३ भदाै । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका

काठमाडौँ, १३ भदाै । नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारू गरेको छ । यसबाट उक्त जलविद्युत्

काठमाडौँ, १३ भदाै । नेपाल प्रहरीले कञ्चनपुरबाट दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ । आज दिउँसो कर्नाटकबाट आएका भारतीय प्रहरीका

काठमाडौँ, १३ भदाै । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सुरु गरेको छ । शुक्रबारबाट