गर्मीका कारण चार दिन विद्यालय बन्द

धनगढी, ८ असार । कैलालीको धनगढीका विद्यालय बन्द गरिएको छ ।

अध्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले सूचना जारी गर्दै विद्यालय बन्द गरिएको जानकारी दिएका हुन् । गर्मीका कारण असार ९ देखि १२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयका बिदा दिइएको महानगरले जनाएको छ ।

सूचनामा भनिएको छ, ‘बढ्दो अत्यधिक गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने सम्भावना रहेकोले सोको प्रतिकुल असरलाई मध्यनजर गर्दै पछि वर्षे र हिउँदे बिदाबाट बिदा मिलान हुने गरी यस उपमहानगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा मिति २०८३ असार ९ गतेदेखि १२ गतेसम्म चार दिन अध्ययन अध्यापन कार्य नगरी बिदाको व्यवस्था मिलाउनु हुन जानकारीका लागि सादर अनुरोध छ ।’

केही दिनदेखि धनगढीलगायत आसपासको क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसको आसपास पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले बाढी–पहिरोपछिको उद्धार, राहत तथा

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित