स्रोत नखुलेको ११ लाखसहित एक जना पक्राउ

काठमाडौँ, ८ असार । काठमाडौँ महानगरपालिका-४ धुम्बाराहीबाट स्रोत नखुलेको नगद ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँको तारकेश्वर बस्ने नुवाकोट ककनी गाउँपालिका-५ घर भएका ३९ वर्षीय समिर लामा रहेका छन् ।

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले बा.प्र.०२-०६५ प ५७८८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगद सहित आइतबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।  पछिल्लो

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २

काठमाडौँ, २९ साउन । आज प्याजको मूल्य प्रतिकिलो औसत ६ रुपैयाँ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको

काठमाडौँ, २९ साउन । काठमाडौँ महानगरपालिका-१५ विजेश्वरीस्थित सोनाम लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।