लागूऔषधसहित जनप्रतिनिधि पक्राउ

महेन्द्रनगर, ८ असार । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक जनप्रतिनिधिलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

प्रहरीले भीमदत्त नगरपालिका–१८ की वडा सदस्य रूपा जैरूलाई लागूऔषधसहित पक्राउ गरेको हो । उनलाई १८ नम्बर वडाको गौरा मन्दिर टोलबाट लागूऔषध ओसारिरहेका बेला पक्राउ गरेको प्रहरीले बताएको छ ।

वडा सदस्य जैरूको साथबाट प्रोमेथोजिन हाइड्रोक्लोराइड इन्जेक्सन १५ एमपुल र बुप्रेनोर्फिन हाइड्रोक्लोराइड इन्जेक्सन १५ एम्पुल बरामद गरिएको प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

जैरू गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडा नम्बर १८ को दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असार । काठमाडौँ महानगरपालिका-४ धुम्बाराहीबाट स्रोत नखुलेको नगद ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् । पक्राउ

काठमाडौँ, ८ असार । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि नौ जनाको मृत्यु भएको छ । काठमाडौँ, सिन्धुली,

कैलाली, ८ असार । धनगढीमा एकै दिन ११ युवा लागुऔषधसहित पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिकाका छुट्टाछुट्टै स्थानबाट एकै

सुनसरी, ८ असार । प्रहरीले सुनसरीस्थित कोशी नदीको किनारबाट १६८ केजी गाँजा बरामद गरेको छ । बराहक्षेत्र नगरपालिका–१ सत्र नम्बर