चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को शुभारम्भ

काठमाडौँ, ७ असार । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा गरिएको छ ।

चलचित्रको शुभारम्भ आज भक्तपुरस्थित सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गरी गरिएको हो । निर्माण पक्षकाअनुसार लेखक तथा निर्देशक अमरदीप सापकोटाको लेखन तथा निर्देशन रहने चलचित्र असारको अन्तिम हप्तादेखि छायाङ्कन शुरु हुनेछ । 

यो चलचित्रमार्फत चर्चित गायक पशुपति शर्माले अभिनय क्षेत्रमा डेब्यु गर्दैछन् भने चर्चित गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्तले पनि यही चलचित्रबाट अभिनय यात्रा शुरु गर्ने भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । काठमाडौँबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–९ गैरीगाउँ सुनखरी टोलस्थित एक

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर

काठमाडौँ, १९ असोज । धनुषामा एक विवाहित महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरमा