गैँडाकोट नगरपालिकाले ‘एक विद्यालय, एक करेसाबारी’ सञ्चालन गर्ने

नवलपुर, ६ असार । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले एक विद्यालय एक करेसाबारी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पालिकाले आगामी वर्षदेखि विद्यालयमा बालमैत्री शैक्षिक वातावरण साथै वातावरणीय अनुकूलन सौन्दर्यकरणमार्फत हरित विद्यालयको अवधारणा कार्यान्वयन गर्ने अवधारणा ल्याएको हो । गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले विद्यार्थीलाई ‘पढ्दै कमाउँदै’ कार्यक्रमद्वारा उद्यमशीलता तथा उत्पादनसँग जोड्ने र शिक्षकलाई प्रविधिसँग जोड्ने क्रियाकलाप सञ्चालन गरिने बताए ।

बृहत् विद्यालय सुरक्षा कार्यक्रमअन्तर्गत पालिकाले विद्यालयमा सुरक्षित बालमैत्री, अपाङ्गमैत्री र प्रविधिमैत्री भौतिक संरचना निर्माण, मर्मतसम्भार तथा सेवासुविधा विस्तारमा ध्यान दिइने अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र साह (बालेन) सहभागी हुने भएका छन्

सप्तरी, ९ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री महिला डा डिला संग्रौलाले कांग्रेस बदलिएको उल्लेख गर्दै जनताको चाहनाअनुसार नेपाली कांग्रेस अघि

काठमाडौँ, ८ कार्तिक । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर

काठमाडौँ, ८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादका विषयमा पार्टीमा लिखित इन्कारी पत्र पेश