गैँडाकोट नगरपालिकाले ‘एक विद्यालय, एक करेसाबारी’ सञ्चालन गर्ने

नवलपुर, ६ असार । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले एक विद्यालय एक करेसाबारी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पालिकाले आगामी वर्षदेखि विद्यालयमा बालमैत्री शैक्षिक वातावरण साथै वातावरणीय अनुकूलन सौन्दर्यकरणमार्फत हरित विद्यालयको अवधारणा कार्यान्वयन गर्ने अवधारणा ल्याएको हो । गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले विद्यार्थीलाई ‘पढ्दै कमाउँदै’ कार्यक्रमद्वारा उद्यमशीलता तथा उत्पादनसँग जोड्ने र शिक्षकलाई प्रविधिसँग जोड्ने क्रियाकलाप सञ्चालन गरिने बताए ।

बृहत् विद्यालय सुरक्षा कार्यक्रमअन्तर्गत पालिकाले विद्यालयमा सुरक्षित बालमैत्री, अपाङ्गमैत्री र प्रविधिमैत्री भौतिक संरचना निर्माण, मर्मतसम्भार तथा सेवासुविधा विस्तारमा ध्यान दिइने अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष