युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण

एजेन्सी, ४ असार । युक्रेनले आज बिहान रुसको राजधानी मस्कोस्थित एक प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ । पछिल्लो एक साताभित्र उक्त केन्द्रमाथि गरिएको यो दोस्रो आक्रमण हो ।

मस्कोका मेयर सेर्गेई सोब्यानिनका अनुसार राजधानीको दक्षिणपूर्वी कपोत्न्या जिल्लामा रहेको मस्को तेल प्रशोधन केन्द्रमा धेरै ड्रोन प्रहार भएका छन् । मस्कोतर्फ आउँदै गरेका चार दर्जनभन्दा बढी ड्रोनलाई वायु प्रतिरक्षा प्रणालीले खसालेको पनि उनले बताए ।

टेलिग्राममार्फत जारी सन्देशमा सोब्यानिनले वायु प्रतिरक्षा बलहरूले ठुलो मात्रामा भइरहेको आक्रमणलाई प्रतिरोध गरिरहेका बताएका थिए । घटनास्थलबाट सार्वजनिक भएको भिडियोमा प्रशोधन केन्द्रको एक भागबाट बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्छ । त्यसपछि अर्को भागमा ठुलो विस्फोट हुँदा इन्धन भण्डारण ट्याङ्कीको छाना हावामा उडेको दृश्य देखिएको छ ।

मस्को बाहिर रहेको झुकोभ्स्की क्षेत्रमा एउटा आवासीय भवनमा पनि ड्रोन ठोक्किएको बताइएको छ । मस्को क्षेत्रका गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार उक्त आक्रमणबाट भवन र केही बाल्कोनीमा क्षति पुगेको भए पनि मानवीय क्षति भएको छैन । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको गेटामा अवस्थित दशरथ चन्द

काठमाडौँ, १० साउन । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको घटना अध्ययन गर्न गठित समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै त्रिवि केन्द्रीय क्याम्पस स्ववियूले

काठमाडौँ, १० साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार ६