पासपोर्ट ठेक्का प्रकरणमा आरजु पनि अनुसन्धानमा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा ल्याएको छ ।

अनुसन्धान अधिकृतको टोलीले बुधबार बूढानीलकण्ठस्थित देउवा निवासको भग्नावशेषमा पुगेर ‘बयानका लागि हाजिर हुन आउनु’ भनी म्याद तामेल गरेको हो ।

कानूनी प्रक्रिया अनुसार, बयानका लागि झिकाउनुपर्ने व्यक्ति सम्पर्कमा नआएमा उसको स्थायी ठेगानामा म्याद तामेल गर्नुपर्ने हुन्छ ।

बूढानीलकण्ठ नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले भग्नावशेष भइसकेको देउवा निवास परिसर बाहिर अख्तियारको टोलीले बयानका लागि डाकिएको म्याद तामेल गरेको पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ साउन । सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौँमा प्रदर्शन गरेका छन् ।  साना बचतकर्ता र ठुला बचतकर्तालाई

काठमाडौँ, ११ साउन । सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा

काठमाडौँ, ११ साउन । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुनर्स्थापना गर्ने बताएका छन् । तत्कालीन

काठमाडौँ, ११ साउन । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको निधन भएपछि भएको तोडफोड र स्वास्थ्यकर्मीमाथिको साङ्घातिक आक्रमणप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता