काठमाडौँ, ४ असार । पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको चिया उद्योग बन्द हुने गरी देखा परेको वर्तमान संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न माग गरेका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भारतले लिएको नीतिका कारण चिया उद्योगहरू बन्द हुने अवस्थाको समाधान गर्न सरकारसँग आग्रह गरेका हुन् ।
उनले लेखेका छन्, ‘भारतले लिएको नीतिको कारणबाट नेपालको चिया उद्योगहरू बन्द हुने गरी देखा परेको वर्तमान संकटको समाधान गर्न तत्काल भारत सरकारसँग वार्ता गरी सकारात्मक समाधान निकाल्न सरकारसँग जोडदार अनुरोध गर्दछु । यसबाट नेपालको अर्थतन्त्र ,रोजगारी र निर्यात व्यापारमा ठुलो धक्का पुग्ने भएकाले सरकारले यस विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिई तत्काल भारतीय पक्षसँग वार्ता गरी यो संकटको समाधान गर्नु जरुरी छ’, ।





