हर्क साम्पाङद्वारा रक्षा मन्त्रालयको बजेट पुस्तिका नपाएकामा आपत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति तत्काल संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकमा उनले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको उक्त अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको टिप्पणी गरे । त्यसलाई प्रधानमन्त्री स्वयंले सदनमा उपस्थित भएर सच्याउनुपर्ने माग उनले माग गरे ।

उनले नेपालमा रहेका भुटानी शरणार्थीको मानवीय समस्याप्रति पनि सरकारको ध्यानाकर्षण गराए । दशकौँदेखि शरणार्थी जीवन बिताइरहेका भुटानी नागरिकले स्वदेश फिर्ती वा तेस्रो मुलुकमा रहेका आफ्ना परिवारका सदस्यसँग पुनर्मिलनको माग गरिरहेका उनले उल्लेख गरे । उनले यो विषयमा सम्बन्धित मन्त्रालयले गम्भीरता देखाउनुपर्ने बताए ।

उनले भने, “आफ्नो राष्ट्र छोडेर शरणार्थीका रूपमा बाँच्न बाध्य मानिसहरूका लागि पनि हामीले सोच्नुपर्छ । उनीहरूलाई कि स्वदेश फिर्ता पठाउने पहल गरियोस्, होइन भने परिवार मिलनका लागि अन्य राष्ट्र पठाउने व्यवस्था मिलाइयोस्,” ।

रक्षा मन्त्रालयअन्तर्गतको छलफलमा विभागीय मन्त्री अनुपस्थित भएको र मन्त्रालयको बजेट पुस्तिका (रेड बुक) समेत उपलब्ध नगराइएको भन्दै उनले आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । सर्लाहीको बागमती नगरपालिका–५ टेकानी स्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने उद्योग गर्ने एक

काठमाडौँ, १२ साउन । काठमाडौँको टेकुस्थित सार्वजनिक स्थानमा सर्वसाधारणलाई दुःख-हैरानी दिने र अभद्र व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौँ, १२ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १२ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा