बजेट कम भएकै कारण शिक्षा सुधार रोकिँदैन : मन्त्री पोखरेल

काठमाडौँ, ४ असार ।  शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बजेट कम भएकै कारण शिक्षा क्षेत्रको सुधार नरोकिने बताएका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि उठेको प्रश्नको छलफल दिँदै विद्यालय शिक्षा सुधार गर्न बजेटले मात्रै काम नगर्ने बताएका हुन् ।

उनले भने, ‘शिक्षा क्षेत्र सुधार गर्न सबै काममा बजेट आवश्यक पनि हुँदैन । बजेट विनियोजन कम भएकै कारणले शिक्षा सुधार हुँदैन भन्न मिल्दैन,’ ।

 उनले शिक्षकको तालिम, तलब चालु खर्चमा जाने भएकोले पुँजीगत विनियोजन कम भएको स्पष्ट पारे ।  सबै माध्यमिक विद्यालय स्मार्टबोर्ड जडान गर्ने भन्दै सरकारले शिक्षामा उच्च प्राथमिकता दिएको उनले बताए ।  

विद्यालय शिक्षा स्थानीय सरकारको मुख्य जिम्मेवार भएकोले स्थानीय सरकारले पनि  उल्लेख्य लगानी हुनुपर्ने पोखरेलले बताएका हुन् ।

उनले सरकारले एकजना विद्यार्थीको पनि शैक्षिक अधिकार वञ्चित नगर्ने बताएका छन् । संसदमा न्यून विद्यार्थी भएको विद्यालय गाभ्न सुझाव आएको भन्दै मन्त्री पोखरलेले न्यून विद्यार्थी भएकै आधारमा विद्यालयलाई गाभेर एउटा पनि विद्यार्थीकै शैक्षिक अधिकारबाट सरकारले वञ्चित नगर्ने बताएका हुन् । सांसदहरुले भौगोलिक दुरी, विद्यार्थीको संख्याको आधारमा विद्यालय गाभ्ने, तह घटाउने लगायत विषय उठाएका थिए ।  

उनले आगामी आर्थिक वर्षमा सामुदायिक विद्यालयको भौतिक सर्वेक्षण गरेर, विद्यार्थीको संख्याको आधारमा विस्तृत प्रतिवेदन तयार गरेर सोहीको आधारमा बजेटले सम्बोधन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले बाढी–पहिरोपछिको उद्धार, राहत तथा

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित