काठमाडौँ, ४ असार । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९७ हजार ३ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





