४ पालिकाद्वारा नदीजन्य पदार्थ उत्खननमा रोक

कञ्चनपुर, २ असार । स्थानीय चार पालिकाद्वारा नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन, सङ्कलन तथा निकासी कार्यमा रोक लगाएका छन् ।

सोही व्यवस्था कार्यान्वयन गर्दै भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्रका सबै नदी, खोला तथा नालाबाट नदीजन्य पदार्थको उत्खनन, सङ्कलन, ढुवानी र निकासी कार्य बन्द गरेका छन् । हरेक वर्ष असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्थाअनुसार स्थानीय तहहरूले उक्त कार्यमा रोक लगाएका हुन् ।

वर्षायाममा नदीको प्राकृतिक बहाव संरक्षण, सम्भावित बाढी तथा डुबानको जोखिम न्यूनीकरण र वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले उक्त निर्णय कार्यान्वयनमा ल्याइएको जनाइएको छ । जारी सूचनामा उक्त अवधिभित्र कानुनविपरीत नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ढुवानी वा बिक्री वितरण गरेको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असार । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी भवन तथा सार्वजनिक निकायका संरचनाभित्र सञ्चालन भइरहेका गैरसरकारी प्रकृतिका संघ–संस्था र

काठमाडौँ, २ असार । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ ।

कञ्चनपुर, २ असार । स्थानीय चार पालिकाद्वारा नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन, सङ्कलन तथा निकासी कार्यमा रोक

काठमाडौँ, २ असार । एसईईमा सहभागी करिब एक हजार विद्यार्थीको उत्तरपुस्तिका हराएको पाइएको छ । पुनर्योगका लागि आवेदन दिएकामध्ये एक हजार