विष्णु माझीको ‘झोर्ले हजुर’ सार्वजनिक

काठमाडौँ, ३१ जेठ । चर्चित गायिका विष्णु माझीले लामो समयपछि आफ्नो कम्पनीबाहिरको गीतमा स्वर दिएकी छन् ।

शनिबार सार्वजनिक ‘झोर्ले हजुर’ बोलको गीतमार्फत उनी बाहिरी प्रोजेक्टमा सुनिएकी हुन् ।

विगत केही वर्षदेखि विष्णु माझीले आफ्नै सपना म्युजिक इन्डस्ट्रिजमार्फत तीज र दशैं विशेष गीतहरू मात्र सार्वजनिक गर्दै आएकी थिइन्। उनका नयाँ गीत सुन्न प्रायः तीजको प्रतीक्षा गर्नुपर्थ्यो । तर यसपटक उनको गीत तीजअघि नै आएको छ ।

‘झोर्ले हजुर’मा विष्णु माझीसँग गायक बाबुकृष्ण परियारको पनि स्वर रहेको छ। गीतका शब्द रमेश बिजीले लेखेका हुन् भने सङ्गीत बाबुकृष्ण स्वयंले तयार पारेका छन्। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । काठमाडौँबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–९ गैरीगाउँ सुनखरी टोलस्थित एक

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर

काठमाडौँ, १९ असोज । धनुषामा एक विवाहित महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरमा