ट्राफिक कारबाहीबाट चार लाख ५८ हजार राजस्व सङ्कलन

काठमाडौँ, ३१ जेठ । पछिल्लो २४ घण्टामा दुई हजार ४०८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ५८ हजार राजस्व दाखिला भएको छ ।

मादकपदार्थ सेवन गरेका १४०, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११६, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३८ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २८४ जनालाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने ८५, निषेधित क्षेत्रमा हर्न बजाउने १०६, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १२४, एकतर्फी सडकमा सवारी चलाउने ११६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३३५ जनालाई कारबाही गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले शिक्षा, स्वास्थ्य र विद्युत्‌मा ‘लग्जरी कर’ लगाउने विषय उपयुक्त नभएको

काठमाडौँ, ३१ जेठ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनभावना विपरीतको अभिव्यक्तिले पार्टीको रक्षा नहुने बताएका छन् ।  आज सामाजिक

काठमाडौँ, ३१ जेठ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १२ सय

काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीभित्र आन्तरिक सहमतिका लागि भन्दै जेठ १६ गते निवर्तमान सभापति शेरबहादुर देउवा