कला र साहित्य राष्ट्रको बल र पहिचान हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ, ३० जेठ । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले कला, साहित्य, भाषा र संस्कृति कुनै पनि राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवद्र्धनबिनाको समृद्धि अपूरो हुने बताएका छन् ।

आज काठमाडौँमा गोरखापत्र संस्थानद्वारा आयोजित ‘मधुपर्क सम्मान–२०८३’ कार्यक्रममा उनले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकाङ्कसँगै भाषा, साहित्य र संस्कृतिको सुदृढ विकास पनि समानान्तर रूपमा आवश्यक रहेको बताए ।

उनले भने, “कला र साहित्य राष्ट्रको बल र पहिचान हो,” “भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन । साहित्यलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा सरकारले गम्भीरपूर्वक सोच्ने बेला आएको छ ।”

उनले पछिल्लो समय सामाजिक सञ्जाल साहित्यिक अभिव्यक्तिको महत्त्वपूर्ण माध्यमका रूपमा विकसित हुँदै गएको उल्लेख गर्दै बदलिँदो प्रविधिसँगै साहित्यको प्रस्तुति र पहुँचका नयाँ आयाम खुल्दै गएको बताए । साहित्य क्षेत्रको दीर्घकालीन विकासका लागि नतिजामुखी र दिगो प्रभाव पार्ने नीतिगत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

उनले लामो इतिहास बोकेका सरकारी तथा सार्वजनिक सञ्चार संस्था तथा साहित्यिक र सांस्कृतिक संस्थाहरू आर्थिक रूपमा कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संस्थालाई नयाँ जीवन दिनु र आर्थिक रूपमा सबल बनाउनु आवश्यक रहेको बताए । “हाम्रो इतिहासको पुनर्जागरण गर्ने बेला आएको छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक एक घण्टामा सेयर बजार सूचक के हुन्छ भनेर नहेर्ने तर नीतिगत

काठमाडौँ, ५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा सार्वजनिक गरेको छ । आज बोर्डले परीक्षाफल प्रकाशन गरेको हो ।

काठमाडौँ, ५ असार । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको बताएका छन् । मन्त्री

काठमाडौँ, ४ असार । गृहमन्त्री सुधन गुरुङले प्रहरीको पोसाक सम्बन्धित व्यक्ति आफैँलाई खरिद गर्न दिने सोच बनाइएको बताएका छन् ।