पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा

काठमाडौँ, ३० जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष पाँच वटा अभौतिक सांस्कृतिक सम्पदालाई राष्ट्रिय सूचीकरण गरेको छ ।

मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार माझी समुदायले अभ्यास गर्ने लदी पूजा, मगर समुदायले मनाउने भूमे पर्व, मध्यपुर थिमी नगरपालिका वडा नं. ८ बोडेका श्रेष्ठ, ज्यापु, नकर्मीलगायत नेवाः समुदायले मनाउने जिब्रो छेड्ने जात्रा, सोही स्थानका नेवाः समुदायले मनाउने श्री नीलबाराही गण नाचलाई राष्ट्रिय सूचीकरण गरिएको हो।

यसैगरी माडी गाउँपालिका वडा नं. ६ रोल्पाका मगर समुदायले मनाउने नचारु स्याइँ नाचलाई पनि राष्ट्रिय सूचीकरण गरीएको छ । विभिन्न समुदायको पहिचान एवं अभिलेखीकरणमार्फत् अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण सम्बन्धित समुदायबाटै गर्ने कार्यलाई निरन्तरता दिन राष्ट्रिय सूचीकरण थालनी गरेको हो ।

अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन, २०८२ मा भएको प्रावधान बमोजिम चालु आर्थिक वर्षमा मन्त्रीस्तरीय निर्णयबाट यी पाँच अभौतिक सांस्कृतिक सम्पदा राष्ट्रिय सूचीकरणमा परेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै

काठमाडौँ, ५ असार । दिग्गज अभिनेता मदनकृष्ण श्रेष्ठले ‘चलचित्र दीर्घ साधना सम्मान’ प्राप्त गरेका छन् । आज राष्ट्रपति कार्यालय शीतल

काठमाडौँ, ५ असार । काठमाडौँको नयाँ बानेश्वरमा जेनजी आन्दोलनका क्रममा आगजनी गरी क्षतिग्रस्त बनाइएको बानेश्वर प्रहरी वृत्तको भवन पुनर्निर्माण सम्पन्न भएपछि

काठमाडौँ, ५ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य हर्कराज राईले विज्ञान, प्रविधि तथा नव प्रवर्तन