प्रधानमन्त्रीको गलत अभिव्यक्तिको बचाउमा सांसदसहित सेना पनि लाग्यो : नेता बादल

काठमाडौँ, २७ जेठ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले ‘नेपालले भारतको सीमा मिचेको छ’ भन्ने गलत अभिव्यक्तिको बचाउमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसदसहित नेपाली सेना पनि लागेको बताएका छन् । 

आजको प्रतिनिधि सभा बैठकमा दलका तर्फबाट धारणा राख्दै नेता थापाले राष्ट्रिय स्वाभिमानको प्रश्न सङ्कटका रूपमा आएको भन्दै यसबारे संसद्‌मा आएर प्रधानमन्त्री बालेन शाहले प्रस्ट पार्नुपर्ने अडान दोहोर्‍याए । 

उनले भने, ‘नेपाली जनताले अहिलेसम्म पनि निरन्तर हाम्रो सीमा अतिक्रमणविरुद्ध आवाज उठाइरहेका छन् । तर यो विन्दुसम्म आइपुग्दा प्रधानमन्त्रीको अभिव्यक्तिबाट भारतले होइन नेपालले अतिक्रमण गरेको छ भन्ने स्थापित गर्न खोजिएको छ’, ‘यसका निम्ति सेनाले पनि यो वक्तव्यको पैरवी गरिरहेको छ।’ ‘यो तथ्यले के देखाउँछ भने यो राष्ट्रिय समस्या समाधान गर्ने सबैको दायित्व हो’, थापाले भने । उनले प्रधानमन्त्रीका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले दिएको स्पष्टीकरणसँग सहमत हुन नसकिने समेत बताए। ‘प्रस्टीकरण प्रधानमन्त्रीले नै दिनुपर्छ । किन उहाँ संसद्लाई उपहास गरेर आउन चाहनुहुन्न ? के यो स्वेच्छाचारिता हो वा अधिनायकवाद हो ?’। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असार । नेकपा (एमाले)ले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति  दुःख व्यक्त गरेको

काठमाडौँ, २६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले स्पष्ट नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्न

काठमाडौँ, २६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन्

काठमाडौँ, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून