नेपालले भारतको भूमि मिचेको छ भनेर खोज्दै हिँड्ने सत्ता पक्षका सांसद देख्दा लज्जित छु : नेता आङ्देम्बे

काठमाडौँ, २७ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपालले कसैको भूमि मिचेको छ कि भनेर खोज्दै हिँड्ने सत्ता पक्षका सांसदहरू देखेर आफू लज्जित भएको टिप्पणी गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मेरो देशले कसैको सीमा मिचेको छैन भनेर हिँड्नुपर्नेमा सत्ता पक्षका केही सांसदहरूले नेपालले भारतको सीमा मिचेको हो भनेर न्वारनदेखिको बल लगाएर दौडीराखेको भन्दै आपत्ति जनाए ।

उनले देश र जनता कसैले पनि नरुचाउने खालको यस्ता हर्कत गर्ने सांसदहरूलाई वीर भक्ति थापाको आत्माले पनि धिकार्ने बताए । उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने कुरा दुनियाँलाई थाहा भएको र ती समस्याको समाधान गहन कूटनीतिक सम्वादमार्फत टुंगो लगाउनुपर्ने बताए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई दिल्लीमा सिमाना ‘स’ र कालापानीको ‘क’ पनि उच्चारण किन नगरेको भनि प्रश्न पनि  गरेका छन् । 

उनले सोधे, “उहाँले भन्नुभयो सीमानाबारेमा ढोल बजाएर छलफल हुन सक्दैन भनेर । हो, ढोल बजाएर हुन्न । तर, दिल्लीमा रहँदा सिमाना स अनि कालापानीको क पनि उच्चारण नगरी किन फर्किनुभयो,” । 

आङदेम्बेले प्रधानमन्त्रीको अभिव्यक्तिबारे पराष्ट्रमन्त्रीले भारतमा बोलेकोमा आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असार । नेकपा (एमाले)ले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति  दुःख व्यक्त गरेको

काठमाडौँ, २६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले स्पष्ट नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्न

काठमाडौँ, २६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन्

काठमाडौँ, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून