फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ जना पुग्यो

एजेन्सी, २७ जेठ । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बुधबार जनाएको छ ।

एनडीआरआरएमसीका अनुसार अझै १७ जना बेपत्ता रहेका छन् भने ४८७ घाइते भएका छन् । एनडिआरआरएमसीले भूकम्पका कारण ३३ हजार भन्दा बढी घरपरिवारका लगभग एक लाख ५० हजार मानिसहरूलाई असर गरेको बताएको छ । भूकम्पले अस्पताल, विद्यालय र पुलहरू लगायतका २३८ वटा पूर्वाधार सुविधाहरू क्षतिग्रस्त भएको एनडीआरआरएमसीले जनाएको छ ।

मिन्डानाओको अधिकांश भाग र मध्य फिलिपिन्सका केही भागहरूमा कम्पन महसुस गरिएको र मुख्य झट्का पछि १७०० भन्दा बढी पराकम्पहरु रेकर्ड गरिएको जनाएएको छ भने प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्धार कार्य अझै जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्