अफगानिस्तानमा पाकिस्ताको हवाई आक्रमणमा १३ जनाको मृत्यु

एजेन्सी, २७ जेठ । पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको छ ।

पाकिस्तानले आफ्नो सीमाभित्र छिरेर गरेको आक्रमणमा १३ जना सर्वसाधारण मारिएका अफगानिस्तानले जनाएको छ ।

मृत्यु हुनेहरूमा ११ जना बालबालिका, एक महिला र एक वृद्ध पुरुष रहेका छन् । आक्रमणमा कुनार, खोस्त र पक्तिका प्रान्तका आवासीय क्षेत्रहरूलाई निशाना बनाइएको थियो । अफगान सरकारले उक्त कारबाहीको कडा निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय नियमहरूको उल्लंघन भनेको छ ।

अफगानिस्तान र पाकिस्तानबीच सीमावर्ती क्षेत्रमा तनाव पुनः चुलिएको छ । अफगान पक्षका अनुसार गएराति पाकिस्तानी सेनाका लडाकु विमानहरूले अफगानिस्तानको हवाई सीमा उल्लंघन गरेका थिए । पाकिस्तानी सेनाले अफगानिस्तानको सीमावर्ती क्षेत्रमा रहेका सर्वसाधारणका घरहरूलाई लक्षित गरी बमबारी गरेको आरोप अफगानिस्तानले लगाएको छ ।

अफगान सरकारका प्रवक्ता जबीउल्लाह मुजाहिदका तर्फबाट जारी गरिएको विज्ञप्तिअनुसार पाकिस्तानी सेनाले पुनः एकपटक अफगानिस्तानको सार्वभौमसत्ताको उल्लंघन गरेको छ ।

मुजाहिदका अनुसार पाकिस्तानी लडाकु विमानहरूले अफगानिस्तानका तीन प्रमुख प्रान्त—कुनार, खोस्त र पक्तिकाका आवासीय क्षेत्रहरूलाई निशाना बनाएका थिए । ती क्षेत्रमा रहेका सर्वसाधारणका घरहरूमा बमबारी गरिएकाले धेरै घरमा क्षति पुगेको बताइएको छ ।

घाइतेहरूलाई नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ, जहाँ केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय