सभापति लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति

काठमाडौँ, २६ जेठ । जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ ।

जिल्ला अदालत पर्साका न्यायाधीश मोहन सुवेदीले लामिछानेको मागअनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएका हुन् । उक्त इजलासले लामिछानेको सहकारी ठगीसम्बन्धी अभियोगलाई भने कायम राख्न भनेको छ ।

विशाल सहनी गोढीलगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको तथा लामिछानेलगायत प्रतिवादी रहेको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, पर्साले अभियोगपत्र संशोधनको निवेदन दायर गरेको थियो । अब पर्सा जिल्ला अदालतमा सानो पाइला सहकारी ठगी मुद्दा मात्रै बाँकी रहनेछ ।

जाहेरवालाको मूल उदेश्य रकम फिर्ता दिलाइ पाउँ भन्ने रहेको र अभियोगपत्र संशोधनपछि पनि सहकारी ठगीसम्बन्धी दाबी यथावत् रहने भएकाले संगठित अपराध सम्बन्धी दाबी फिर्ता लिँदा त्यसमा कुनै असर नपर्ने देखिएको अदालतको आदेशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी

भक्तपुर, २६ जेष्ठ । “हाम्रो रहर सफा र स्वच्छ शहर”- यही मूल नाराका साथ चाँगुनारायण नगरपालिका वडा नं. २ को

काठमाडौँ, २६ जेठ । सरकारले समस्याग्रस्त सहकारीका थप २ सय १६ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी

काठमाडौँ, २६ जेठ । चालु आर्थिक वर्ष वैशाखसम्म विदेशी विनियमय सञ्चिति हालसम्मकै धेरै भएको छ । यस अवधिसम्म मुलुकको विदेशी विनिमय