काठमाडौँ, २६ जेठ । फिल्म ‘भागदौड’ आगामी असार २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
निर्माण युनिटले मंगलबार फिल्मको दुई फरक पोष्टर फष्टलुक्सको रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी गराएको हो ।
हिमाल उप्रेतीको लेखन तथा निर्देशन रहेको फिल्ममा अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई (सारा), विशाल पोखरेल, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुवास तिमिल्सिना लगायतका कलाकारहरूको अभिनय छ ।
विश्वराम बिष्टको प्रस्तुतकर्ता रहेको फिल्ममा अंगिरा थापा कार्यकारी निर्माता रहेका छन् भने सह–निर्माताहरू भूपेन्द्र कुमार खड्का, सागर पुरी र सुरेश गिरी हुन् । सुप्रिम म्यूजिक एण्ड फिल्मस प्रा. लिले निर्माण गरेको यो फिल्मको सार्वजनिक पोष्टर मुख्य भुमिका रहेका कलाकार समेटिएका छन् ।






