उत्कृष्ट अभिनेताको अवार्ड हरिवंश आचार्यलाई

काठमाडौँ, २६ जेठ । चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले ‘क्रिटिक्स फिल्म अवार्ड–२०८२’को नतिजा सार्वजनिक गरेको छ । 

फिक्सनले २०८२ मा उत्कृष्ट फिल्मका रूपमा ‘ऊनको स्वीटर’लाई अवार्ड प्रदान गर्ने भएको छ । उत्कृष्ट निर्देशकको अवार्ड नवीन चौहानले प्राप्त गरेका छन् । 

उत्कृष्ट अभिनेता ‘भूठान’बाट हरिवंश आचार्यले पाउँदा उत्कृष्ट अभिनेत्रीको अवार्ड आना शर्माले ‘रमिताको पिरती’बाट प्राप्त गरेकी छन् । 

उत्कृष्ट पटकथाको अवार्ड नवीन चौहान/सुरज कटुवालले ‘ऊनको स्वीटर’बाट पाएका छन् । 

उत्कृष्ट छायाकार सुशन प्रजापति ‘भूठान’बाट घोषित भएका छन् । उत्कृष्ट सम्पादनको अवार्ड अञ्जय खड्काले ‘भूठान’बाट प्राप्त गरेका छन् । 

उत्कृष्ट पार्श्व संगीतको अवार्ड कोबिद बज्रले ‘ऊनको स्वीटर’बाट प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । हेटौंडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग

काठमाडौँ, ३० भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष गोप्य

काठमाडौँ, ३० भदौ । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ चाबहिल