फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते

एजेन्सी, २६ जेठ । फिलिपिन्सको मिन्डानाओ टापु क्षेत्रमा सोमबार ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् ।

अधिकांश मानवीय क्षति भवन भत्किँदा र पहिरो जाँदा भएको समाचार एजेन्सी एपीले जनाएको छ । साराङ्गानी प्रान्तको ग्लान नगरपालिकामा भूकम्पका कारण पहिरो जाँदा १३ जनाको मृत्यु भएको छ । प्रान्तीय विपद् व्यवस्थापन अधिकारी रेने पुन्जालानका अनुसार साराङ्गानीमै थप ४ जनाको ज्यान गएको छ ।

साराङ्गानीको पहिरोबाहेक अधिकांश मृत्यु भवन भत्किँदा वा भग्नावशेषले च्यापिँदा भएको अधिकारीहरूले बताएका छन् । दक्षिणी प्रान्तहरू साउथ कोटाबाटो, दाभाओ ओक्सिडेन्टल तथा बालुट टापुमा मस्जिदलगायतका संरचना क्षतिग्रस्त भएका छन् ।

मनिलास्थित डीजेडआरएच रेडियो नेटवर्कका अनुसार यसको प्रादेशिक कार्यालय रहेको चारतले व्यावसायिक भवन आंशिक रूपमा भत्किएको छ । यद्यपि कर्मचारीहरू सुरक्षित रूपमा बाहिर निस्किन सफल भएका थिए ।

पराकम्पनका कारण थप क्षति हुनसक्ने चिन्ता

भूकम्पको केन्द्रबिन्दु फिलिपिन्सको दोस्रो ठूलो जनसंख्या भएको मिन्डानाओ टापु नजिक समुद्रमा थियो । भूकम्प ३३ किलोमिटर गहिराइमा थियो ।

फिलिपिन्स ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका निर्देशक तेरेसितो बाकोल्कोलका अनुसार यो सन् २०२६ मा फिलिपिन्समा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो ।

उनले पराकम्पनका कारण क्षतिग्रस्त भवनहरू थप भत्किन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २६ जेठ । फिलिपिन्सको मिन्डानाओ टापु क्षेत्रमा सोमबार ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ

एजेन्सी, २६ जेठ । इजरायल र इरानले प्रत्यक्ष आक्रमण रोकेका छन् । यद्यपि, इरानले इजरायलले लेबनान तथा अन्य स्थानहरूमा आफ्नो

एजेन्सी, २५ जेठ । चिनियाँ राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणका क्रममा उत्तर कोरिया पुगेका छन् । उत्तर कोरियाली सर्वोच्च नेता किम

एजेन्सी, २५ जेठ । इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि आफ्नो हवाई क्षेत्रको केही भाग बन्द गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी