इरानमाथि आक्रमण नगर्न नेतन्याहूलाई ट्रम्पको चेतावनी

एजेन्सी, २६ जेठ । इजरायल र इरानले प्रत्यक्ष आक्रमण रोकेका छन् । यद्यपि, इरानले इजरायलले लेबनान तथा अन्य स्थानहरूमा आफ्नो आक्रामक गतिविधि जारी राखेमा पुनः सैन्य कारबाही सुरु हुन सक्ने चेतावनी दिएको छ ।

इजरायलले बेरुत र इरानका विभिन्न क्षेत्रमा गरेको आक्रमणले अमेरिका–इरानबीच कायम युद्धविरामलाई जोखिममा पारेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई चेतावनी दिएका छन् ।

अनलाइन समाचार माध्यम ‘एक्सिओस्’ले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार ट्रम्पले आइतबार साँझ नेतन्याहूसँग टेलिफोन वार्ता गर्दै संयम अपनाउन आग्रह गरेका थिए ।

ट्रम्पले एक्सिओससँगको अन्तर्वार्तामा भने, “मैले भनेँ, ‘बीबी, सावधान रहनुहोस्, नत्र तपाईं चाँडै नै एक्लो हुनुहुनेछ ।”
उनले इरानसँग सम्भावित सम्झौताको प्रयास जारी रहेको उल्लेख गर्दै थप आक्रमणहरू अनावश्यक हुन सक्ने बताएका थिए । निरन्तर तनावले इजरायललाई अमेरिकी समर्थन कमजोर हुने अवस्थामा पुर्‍याउन सक्ने चेतावनी पनि दिएका थिए ।

तर, नेतन्याहूले इरानी आक्रमणको जवाफ नदिँदा इजरायलको प्रतिरोध क्षमता कमजोर देखिने र गलत सन्देश जाने तर्क गरेका थिए ।

दुई नेताबीचको वार्ता इजरायलले आक्रमण रोक्ने कुनै स्पष्ट प्रतिबद्धता नजनाई समाप्त भएको थियो । त्यसपछि इजरायली अधिकारीहरूले अमेरिकालाई आफूहरू थप सैन्य कारबाहीका लागि तयार रहेको जानकारी दिएका थिए ।

इजरायलले इरानको पेट्रोकेमिकल पूर्वाधारका केही हिस्सा तथा तेहरान आसपासका स्थानहरूलाई निशाना बनाएको थियो । त्यसको जवाफमा इरानले पनि मिसाइल प्रहार गरेको बताइएको छ । 

अमेरिकी रक्षा अधिकारीहरूका अनुसार अमेरिकी सेना प्रत्यक्ष आक्रमणमा सहभागी नभए पनि इजरायलतर्फ आएका मिसाइलहरू रोक्न सहयोग गरिरहेको थियो ।

ट्रम्पले त्यस क्षेत्रका विभिन्न देशका नेताहरूले समेत इजरायललाई तनाव नबढाउन दबाब दिन आग्रह गरेको बताए ।

एक्सिओसका अनुसार इजरायलले सोमबार इरानका संवेदनशील लक्ष्यहरूविरुद्ध ठूलो आक्रमणको तयारी गरिरहेको थियो । त्यसपछि ट्रम्पले पुनः नेतन्याहूलाई फोन गरी कारबाही रोक्न आग्रह गरेका थिए ।

वार्तापछि नेतन्याहूले इरानले तनाव नबढाएमा थप आक्रमण नगर्ने सहमति जनाएका थिए । त्यसलगत्तै उनले इजरायली सैन्य कमान्डरहरूलाई योजनाबद्ध केही आक्रमणहरू रद्द गर्न निर्देशन दिएको बताइएको छ । अलजजिरा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २६ जेठ । फिलिपिन्सको मिन्डानाओ टापु क्षेत्रमा सोमबार ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ

एजेन्सी, २६ जेठ । इजरायल र इरानले प्रत्यक्ष आक्रमण रोकेका छन् । यद्यपि, इरानले इजरायलले लेबनान तथा अन्य स्थानहरूमा आफ्नो

एजेन्सी, २५ जेठ । चिनियाँ राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणका क्रममा उत्तर कोरिया पुगेका छन् । उत्तर कोरियाली सर्वोच्च नेता किम

एजेन्सी, २५ जेठ । इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि आफ्नो हवाई क्षेत्रको केही भाग बन्द गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी