सैन्य कारबाही तत्कालका लागि रोकेको इजरायल र इरानको घोषणा

एजेन्सी, २६ जेठ । इजरायल र इरानले एक अर्काविरुद्धको सैन्य कारबाही तत्कालका लागि रोकेको घोषणा गरेका छन् ।  तर दुवै देशले युद्धविराम उल्लङ्घन भए पुनः कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अहिलेलाई आक्रमण रोकेको बताए पनि इरान र हेजबुल्लाहविरुद्धको सङ्घर्ष अझै समाप्त नभएको उल्लेख गर्नुभएको छ । इरानी सेनाले पनि अहिलेलाई सैन्य कारबाही रोकिएको भन्दै भविष्यमा इजरायलले थप आक्रमण गरे अझ कठोर र विनाशकारी प्रतिक्रिया दिने चेतावनी दिएको छ । 

बेरुतमा अस्ति भएको आक्रमणको प्रतिशोध स्वरूप इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको थियो । त्यसको जवाफमा इजरायलले हिजो इरानभित्रका सैन्य संरचनालाई लक्षित गरी हवाई हमला गरेको थियो । यसबीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री नेतान्याहुसँग टेलिफोन वार्ता गरी थप आक्रमण रोक्न आग्रह गरेको बताउनुभएको छ । 

ट्रम्पले बीबीसीसँगको कुराकानीमा नेतान्याहुले आफ्नो आग्रह अवज्ञा नगरेको दाबी गर्दै दुवै पक्ष शान्ति सम्झौताको नजिक पुगेको बताउनुभएको छ । ट्रम्पले दुवै देशलाई तत्काल गोलाबारी रोक्न सार्वजनिक अपिल गर्दै जारी शान्ति वार्तालाई सफल बनाउन संयमता अपनाउन आग्रह गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय